Thursday, October 15, 2009

यी हरफहरु जुन लेखिदै छन् मात्र औपचारिकताको लागि लेखिएको होइन । मन भित्रबाटै तिमीलाई हरेक शव्द तिमीलाई । समय बडो गजवले वितिरहेछ । दिन हप्ता महिना र वर्ष हुंदै । यिनै समयहरुले बुढ्याइंतिर धकेली रहेछ। जुन समयमा हामीले हाम्रो मित्रतालाई हुर्काएरबढाएर भ्ाविष्यको एउटा तस्वीर बनाएर मनको शोकेस भित्र सजायौं । जसको आकार साकार हुन नपाउदै भताभुंग भयो । न तिमीले कर्तव्यको लक्ष्मण रेखा नाघ्न सक्यौन मैले समाजको फलामे ढेाका नै फेाड्न सकें। जुन समयमा त्यो आकर्षण थियो त्यो मनमा संझना भैरहन्छ । म्नमा अनगिन्ती झझल्का दोहोरीरहन्छ । तिमीलाई त्यसो नहुन सक्छ । त्यो एक तर्फी पनि हुन सक्छ । अस्ति धेरै समयको अन्तरालमा अचानक भेट भयो नि !म धेरै आतुर थिएं कि तिम्रो जीवन कसरी वितेको छ त्यो थाहा पाउन । त्यो भेट पछि मलाई जुन संतुष्टी भयो नि म आफैंलाई अचम्म लाग्छत्यो संतुष्टी अद्दितीय छ । थाेरै गफ् भएखाली एक कप चियाको समय । वाास्तविक कुराहरु थाहा भो । राम्रो व्यवसाय अपनाइछाै। तिम्रो लोग्नेले तिमीलाई बांझी सावित गर्न अर्की विहे गरे छ । त्यस पछि आफैं बंझो भएको प्रमाणित भएपछि कान्छी टोल कै अल्लरे संग गईछ । तिमीलाई सौताको सप्कोले ढाक्ताको वेदना कति कष्टपूर्ण थियो होला !
त्यो कुरा चिया पसलको टेवुलमा वग्रेलती आंशुका थोपासंगै मैले पनि देखें। तिम्रो पनि गल्ती के नै हो र तिमी आमा जाती । संतानको चाहाना नहुने कुरै भएन । तिम्रो लोग्नेले त्यो दिन सकेन । त्यसलाई लिएर तिमीले जीवनभर दुखी हुनु राम्रो भए जो होस् तिमीमा लागेको सौताको कलंक त्यो संधैको लागिको रहेन । कुचोले बढार्नु पने्र हावाले उडाएछ । यी हरफहरु ल्ोख्तै गर्दा मेरो विगत वर्तमान भएर मेरो मनमस्तिष्कमा पसि्रन्छ । पन्द्रसोह्र वर्षको अन्तरालमा धेरै घटनाहरु घटे । म एउटी छोरीको विधुर बावु भए । तिमी आपु उर्वर हुदांहुदै पनि संतानको नाममा तड्पिनु परिरहेछ । कस्तो विडम्बना ! हामीले रचेको रचना सफल भएको भए न म यो उमेरमै विधुर भएर वस्नु पर्ने न तिमीलाई संतानको भोक जीवन भरी । म्ालाई दुख लागिरहन्छ कि तिमीलाई सहयोग गर्ने हैसियत ममा बािकंरहेन । घरीघरी यस्तै चीठ्ठीहरुले पुरानो घाउहरु दुखाउने गर्दैछु । आशा छ फेरिफरि भेटघाट गरौंला मनकोचौतारीमा यसरी नै विसाउँंला है । त्यो भेट पछि म मा अर्कै वेचैन भइरहन्छ । मलाई लाग्छ मलाई अल्लारे रोग हिस्टोरिया लाग्छ क्यार ! यो
वुढेसकालमा । मलाई घाटींमा सास रोकिएर आउंँछ । तिम्रो सुन्दर मुहारले मेरो मनको ढोकामा ढ्याक् ढ्याक् ढक्ढकाउँंछ । त्तर यसको निरन्तरता हिजो कम र आज बढी भएको होइन । त्यो त हाम्रो सपना भत्ताभुंङग भए पछि निरन्तरछ नि ! म निन्द्रैमा भए पनि तिम्रो तस्वीवर हेर्न थाल्छु त्यो वेला । म्ा आर्फैलाई अचम्म लाग्छ यो क्रम आज मात्र होइन लगातार भइरहेछ । मेरो छेउमा मस्त मेरी संगिनी सुतेकी हुन्थी म उसलाई पत्तै नदिई म मेरो वालेटबाट तिम्रो अटो साइजको फोटो निकालेर हेर्छु र फेरी भित्रको पातोमा लुकाउँछु । जुन तस्विरलाई आज सम्म कसैले अतिक्रमण गरेको छैन ।के तिमीलाई नि यस्तै हुन्छ म चाहान्छु तिमीलाई यस्तो नहोस् । यदि हामी दुवैलाई यस्तो भयो भने अपि्रय घटना हुन्छ । तिम्रो विगे्रेर सप्रेर सप्रेको घर फेरि भत्कनसक्छ । मेरो मेरो त त्यस्तो के नै भत्कन्छ र ! छोरी दुई वर्ष पछि बालिग हुदै छे । जसलाई आमा र बाबाको माया दिदै हुर्काएं । ऊ हामी जस्तै कलेज पढ्छे । मेरो सानो कमाई यसैलाई खर्च गर्छु । ऊ भोलिको दिनमा म सँंग हुन्न । उसलाई अरु नै व्यक्तिको आवश्यकता हुन्छ । म्ा फेरी उसकी आमाले छोडे पछि जस्तै एकलो र रित्तो हुन्छ । त्यो वेला फेरि म के गर्छु होला !मलाई लाग्छ त्यो वेला म फेरि बौलाहा एक नम्बारको बौलाहा हुन्छु । मेरो वालेट भित्रको अनुहार मात्र देखिने तिम्रो त्यो फोटो छ नि ! त्यसलाई ईनर्लाज गरेर यति ठूलो बनाउँछु मेरो बेडरुमको भित्ताको चौडाई बरावरको । अनि थाहा त्यो फोटो संग म सधैं खेलिरहनेछु । त्यसलाई भात पकाएर खुवाउने छु । बजार गएर लुगा ल्याउने छु । त्यसको लागि सिन्दुर पोते पनि । अनि थाहा छ ! कोठामा एकलै विहेको आयोजना गर्ने छु । म आफंै कसार बर्टानॆ, पत्र आफैं पुर्याउने, भत्खरु आफैं । जन्त आफैं, डोले आफैं,बाजा बजाउने आफैं, आफैं बेहुली अन्माउने,रुने पनि आफैं । आहा ! त्यो वेला तिमी मेरी हुने छेऊ मेरो मन भित्र खाली पाना एक
पनि हुने छैन । जहा पनि तिमी नै तिमी ।आजलाई यति नै ।तिम्रो प्रेम